२९ श्रावण २०८३, शुक्रबार

कोहलपुरमा बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु

एसीपी संवाददाता

२ असार २०८१, शनिबार १०:३० मा प्रकाशित

नेपालगञ्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा आजदेखि कोहलपुरमा बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

कोहलपुरस्थित तेह्र विगाह फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लब र नेपालगञ्ज धम्बोझी क्लबबीच प्रतिष्पर्धा हुनेछ । असारको १३ गतेसम्म चल्ने प्रतियोगितामा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ९ क्लबको सहभागिता रहेको छ ।

लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकाँदो युवा स्पोर्टस् क्लब रहेका छन् । यसैगरी समुह ‘बी’ मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगञ्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

दुई साता अघि बाँके जिल्ला फुटबल संघले कोहलपुरमै जिल्ला स्तरीय (बि-डिभिजन) नकआउट फुटबल प्रतियोगिता गरेको थियो । आजबाट हुने जिल्ला लिग फुटबलले बाँके जिल्लाबाट स्तरीय खेलाडी उत्पादनमा सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । फाइनलमा जित हासिल गर्ने टोली जिल्लाको लिग च्याम्पियन बन्नेछ । नेपालगञ्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माण कार्य चलिरहेकोले कोहलपुरमा प्रतियोगिता आयोजना गर्नुपरेको आयोजकले बताएको छ । सुरुवातमा नेपालगञ्जमा आयोजना गर्ने तयारी भए पनि अन्तिम समयमा आएर कोहलपुरमा प्रतियोगिता गर्नुपरेको अध्यक्ष शाहीले बताए ।

आज बेलुका कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष शाहीले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x