७ कार्तिक २०८१, बुधबार

कानून निर्माणमा चनाखो भएर भूमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

एसीपी संवाददाता

२ असार २०८१, शनिबार २३:२० मा प्रकाशित

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा चनाखो भएर भूमिका निर्वाह सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कानून निर्माणको पाटोमा चनाखो भएर भुमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिनुभएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक महेश बर्तौलाले अध्यक्ष ओलीले सांसदहरुलाई जनसरोकारका मुद्दाहरु संसदमा मुखरित गर्न तथा ज्वलन्त मुद्दाहरुमा विशेष तयारीका साथ प्रश्तुत हुन निर्देशन दिनुभएको जानकारी गराउनुभयो । प्रमुख सचेतक बर्तौलाले संयुक्त सरकारको चरित्र बमोजिम बजेट आउन नसकेपछि राजनीतिक रुपमा बजेटलाई पारित गरेर जाने बताउनुभयो । उहाँले सरकारलाई कमजोर बनाउने षड्यन्त्रहरु भइरहेपनि वर्तमान सत्तारुढ समिकरणलाई मजबुत बनाएर अगाडी बढाउने स्पष्ट पार्नुभयो ।

सरकारमा सहभागि हुन चाहाने दलहरुलाई समावेश गराएर जाने पक्षमा सरकार रहेको र चाँडै त्यो कोर्षमा सरकार अगाडि बढ्छ । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x