गृहमन्त्रीले गरेको सरुवा , प्रधानमन्त्रीले रोके
काठमाडौं। नेपाल प्रहरीका आइजीपी वसत कुँवरलाई हटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको योजनामा गम्भीर धक्का लागेको छ। केही दिन अघि मात्र लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृहसचिव एकनारायण अर्याल र आइजिपी कुँवरलाई हटाउने प्रस्ताव गरेका थिए।
सहकारी ठगी प्रकरणमा रविलाई जोगाउन आइजीपीले सहयोग नगरेपछि उनी हटाउने मुडमा पुगेका थिए। त्यही भएर उनले यो प्रस्ताव प्रचण्डसामु पनि राखेका थिए।
तर, प्रचण्डले भने कुँवरलाई थमौति गरिदिएका हुन्। यो विषय स्वंय प्रचण्डले खुलाएका छन्।
सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा प्रचण्डले आइजिपी हेरफेर नहुने बताए। ‘मैले अस्तिको दिन मात्रै तीनै जना आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु,’ प्रचण्डले भने, ‘त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो,’ उनले भने।
गृहमन्त्री रवि भने जसरीलाई आइजिपीलाई हटाउनुपर्ने पक्षमा थिए। केही दिन अघि मात्र उनले आइजिपी कुँवर फ्रान्समा रहेका बेला प्रहरीका ६ एसएसपीको सरुवा गरिदिएका थिए।


