यी दुई देश बिच भेट्वार्ता बिश्व मै चर्चा
एजेन्सी । हुन त एक देशको राष्ट्र प्रमुखले अर्को देशको राष्ट्र प्रमुखलाई भेट्नु कुनै ठूलो कुरा मानिँदैन र हरेक देशका राष्ट्र प्रमुखले अन्य जुनैपनि देशका राष्ट्र प्रमुखसँग भेटघाट गरिरहेका हुन्छन् । यो स्वाभाविक प्रकिया हो तर येतिबेला यि दुइ जनाको भेट चाहि अ्मेरेका लगायत अन्य दक्षिण कोरिया र अन्य धेरै देशहरु यि दुइको भेट्बार्ताको निकै चर्चा परिचर्चा चलेको छ ।
यि दुइको भेटमा उत्तर कोरियाली सर्वोच्च नेता किमजोङ उनले युक्रेनमाथि भएको रूसको आक्रमणमा समर्थन जनाएका छन् । उत्तर कोरियाको २४ वर्षपछिको बिरलै भएको भ्लादिमिर पुटिनको भ्रमणका क्रममा उनले रुसीसमकक्षिलाई युक्रेन माथिको आक्रमणमा समर्थन जनाउँदै साथ दिने वचन दिएका छन् ।
पुटिनले प्योङयाङमा न्यानो स्वागत पाएका छन् । स्वागत समारोहपछि राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच वार्ता भएको थियो ।
रुसी समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले एक समाचारमा दुई नेताबिच करिब दुई घण्टा कुराकानी भएको बताएको छ ।
यस क्रममा किमले युक्रेनमा रुसी आक्रमणको समर्थन गरेको बताइएको छ । रुसी एजेन्सी इन्टरफ्याक्सको रिपोर्ट अनुसार किमले रुससँगको आफ्नो रणनीतिक सहयोगलाई अझ सुदृढ गर्न चाहेको बताएका छन् । पुटिन करिब २४ वर्षपछि उत्तर कोरिया भ्रमणमा गएका हुन ।
यसअघि उनी २००० मा पुटिनले उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यति बेला किमका पिता उत्तर कोरियाका सर्वोच्च नेता थिए । रुसी सञ्चारमाध्यम आरआईएका अनुसार दुई नेताले विस्तृत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । पुटिनका सल्लाहकार
युरी उशाकोभले मंगलबार रुसी सञ्चारमाध्यमलाई यसबारे जानकारी दिएका हुन् । तर सो सम्झौतामा के–के बुँदा समावेश छ भन्ने कुरा भने खुलाइएको छैन ।
यी दुई आणविक हतियार उत्पादन गर्ने शक्तिशाली तानाशाह जस्तै देशका राष्ट्र प्रमुखहरूको भेट भइसके पछाडि कयौंका मनमा हजारौं प्रश्नहरू उठेका छन् यो भेटमा यिनीहरुले के सम्झौता गरे होला र आगामी विश्वमा कस्तो प्रभाव पर्छ होला यी दुईको भेट पछाडि भन्ने जिज्ञासा सबैमा रहेको छ ।


