३ आश्विन २०८३, शनिबार

कांग्रेस नेता डा. पोखरेलको सुझावः उच्च ब्याजदरमा चिनियाँ ऋण लिनुहुँदैन

एसीपी संवाददाता

८ असार २०८१, शुक्रबार ०७:३७ मा प्रकाशित

काठमाडौं। कांग्रेस नेता एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेलले उच्च ब्याजदरको चिनियाँ ऋण लिन नहुने सुझाव सरकारलाई दिएका छन् । विश्व बैंंक, एशियाली विकास बैंककको मापदण्डअनुसार ऋण दिइएमात्रै नेपालले चिनियाँ ऋण लिनुपर्ने उनले बताए।

उनले अगाडि भनेका छन्, ‘हामीलाई जसरी विश्व बैंक, एशियाली विकास बैंकले जुन शर्तमा ३० वर्षमा तिर्ने, ४० वर्षमा तिर्ने पहिलो ५ देखि ७ वर्षमा तिर्न नपर्ने, औसत व्याजदर १ देखि २ प्रतिशतको बीचमा सेवा शुल्कसमेत गरी जुन तरिका छ, हामीले आँफैले टेण्डरिङ गर्ने, आयोजना र परियोजना हामीले आँफै छान्ने, त्यो शर्त यदि हामीले बहुराष्ट्रिय कम्पनीको शर्तमा यदि हामीलाई चीनले ऋण दिन्छ भने अनि हामीले छानेका आयोजना र परियोजनामा हामीले कार्यान्वयन गर्नेगरि दिन्छ भने केही फरक पर्दैन ।’

विश्व बैंक र एशियाली बैंकको मापदण्ड र प्रक्रियाअनुसार ऋण परिचालन भएमा समस्या नहुने उनले बताए। ‘यदि चीनले महँगो ब्याजमा लिनु अनि आयोजना उसैले छानिदिने र उसैले निर्माण गर्ने, इस्टिमेट उसैले गर्ने, डिजाईन उसैले गर्ने हो भने त्यस्तो ऋण चाहीँ हामीले लिनुहुँदैन्। अनुदान दिए जतिपनि लिने । तर, अघि मैले भनेजस्तो ऋण लिनुहुँदैन,’ पोखरेलले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x