३ आश्विन २०८३, शनिबार

बिआरआई र एमसीसी अमेरिकी साम्राज्यवादको पासो: अध्यक्ष केसी

एसीपी संवाददाता

१४ असार २०८१, बिहीबार १५:१८ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिआरआई र एमसीसी परियोजना बिचको अन्तर स्पष्ट पार्न माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बिआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरुले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन्।

उनले नेपालमा बिआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्ने जिकिर गरे।

उनले प्रतिनिधि सभालाई सम्बाेधन गर्दै भने ‘एमसीसी भनेको नेपाललाई इण्डोप्यासिफिक रणनीतिभित्र सामेल गरेको होइन ? अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको होइन ? यो कुरा बुझ्दैनौँ हामीले ?’

अमेरिकाले चिन बिरोधी अखडा नेपाललाई बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको भनाई थियाे। बिआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने उनकाे तर्क छ।

‘देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी गरेर सत्ताधारीहरुले जुनखालको राष्ट्रघात गरिराखेका छन्, यसमा एमसीसी र बिआरआई बिचको अन्तर के हो ? त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ।’ उनले भने।

उनले एमसीसीलाई अमेरिकी साम्राज्यवादको पासोको संज्ञा दिए। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x