१२ मंसिर २०८३, शुक्रबार

बुद्धको मुर्तिसहित बाँकेमा तीन जना पक्राउ

एसीपी संवाददाता

१४ असार २०८१, बिहीबार १८:५८ मा प्रकाशित

बाँके प्रहरीले बुद्धको मुर्तिसहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा बाँके राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा जिल्ला रुपन्देही तिलोतमा वडा नं। ११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर, बर्ष ५० को रामु न्यौपाने, जिल्ला दाङ घोराही उपमहानगर वडा न १५ बस्ने बर्ष ५८ को निम बहादुर कुवर लाई पक्राउ गरेको बाँकेका सूचना अधिकारी एवं प्रवक्ता नारायण डाँगीले जनाएका छन्

खानतलासी गर्दा खिम बहादुर कुवरले पछाडी बोकेको खैरो रङको झोला खोली हेर्दा ओमनमः शिवायाः लेखिएको तुल ( रुमाल ) मा बेरी लुकाई राखिएको पिधको गोलाई १ फिट ६ ईन्च , पिध देखि शिरको टुप्पो सम्मको उचाई ९ ईन्च, तौल गर्दा ८ किलो ६८० ग्राम भएको पहेलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने पहेलो रङको धातुको जस्तो बुद्धको मुर्ति रहेको, सोही झोलाको बुद्धको मुर्ति भएको स्थानमा ८ ईन्च लम्बाई कटर थान १, ८ ईन्च लम्बाई भएको पिलास थान १, ८ ईन्च लम्बाई भएको फलामको रेति थान १, र निज खिम बहादुर कुवरको साथमा रहेको भारतिय सिमकार्ड थान १ सहित निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x