३ आश्विन २०८३, शनिबार
बिआरआईको सम्झौतापत्र संसदमा पेश गर्न कांग्रेस सांसद बजगाईँको माग
काठमाडौं। कांग्रेस सांसद राजेन्द्र बजगाईंले चीनसँगकाबेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता संसदमा पेश गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको विशेष समयमा सांसद बजगाईँले सन् २०१७ मे १२ तारेखमा नेपाल र चीन सरकारबीच भएको सम्झौताको एमओयू संसदमा पेश गर्नुपर्ने बताएका हुन्। नेपाल र चीनबीच सन् २०१७ मा एमओयु भएको थियो । तर, एमओयुमा के छ भनेर अहिलेसम्म सार्वजनिक गरिएको छैन।
सांसद बजगाईँले भने, ‘सन् २०१७ मे १२ मा एमओयू साइन भएको थियो। त्यो डकुमेन्ट हाम्रो संसदमा उपलब्ध छैन, त्यो हामी सार्वभौम नेपालीले हेर्ने गरी र सार्वभौम संसदले पढ्ने गरी उपलब्ध गराइदिन रुलिङ होला भन्ने अपेक्षा गरेको छु।’
सांसद बजगाईँले चीनसँग ऋण लिनै हुँदैन भन्ने आफूहरुको भनाइ नरहेको भन्दै तर नेपालले चर्को ऋण बोक्न नसक्ने बताए।
Subscribe
Login
0 Comments


