५ श्रावण २०८३, मंगलवार

ऋण लिएर बिआरआई परियोजना अघि बढाउन नसकिने काङ्ग्रेसको निष्कर्ष

एसीपी संवाददाता

१८ असार २०८१, सोमबार २१:४७ मा प्रकाशित

नेपाली कांग्रेसले ऋण लिएर बिआरआई परियोजना अघि बढाउन नसकिने निष्कर्ष निकालेको छ।

सोमबार बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीहरूको बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अनुदान लिन सकारात्मक भए पनि ऋण लिने अवस्था नरहेको बताए।

पछिल्लो समय नेपालको ऋण बढिरहेको तथा अनुदान सहयोगसमेत कार्यान्वयन नहुने अवस्था रहेकाले थप ऋण लिन नसकिने महतले प्रस्ट पारे।

‘बिआरआईको कार्यान्वयनका सन्दर्भमा हाम्रो धेरै ठूलो ऋणको बोझ भइसक्यो। त्यसकारण ऋणको आकारलाई धेरै बढाउँदै लैजानुहुँदैन। त्यसमाथि पनि धेरै अनुदान सहयोग पनि कार्यान्वयन नभएको अवस्थामा अनुदान लिने गरेर मात्रै यसलाई अघि बढाउनुपर्छ। अहिले ऋण लिने अवस्था छैन,’ महतले भने, ‘बहुपक्षीय, एडिबी, वर्ल्ड ब्यांकबाट प्राप्त लामो समयमा तिर्ने सहुलियत ऋणसमेत उपयोग गर्न नसकेको अवस्थामा थप ऋण लिएर विकास निर्माणको काम अघि बढाउन सकिन्न।’ नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x