५ श्रावण २०८३, मंगलवार

प्रधानमन्त्री प्रचण्डको अस्थिर कार्यशैलीका कारण अहिलेको परिस्थिति आयो – थापा

एसीपी संवाददाता

२१ असार २०८१, बिहीबार १२:३१ मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डको अस्थिर कार्यशैलीका कारण अहिलेको परिस्थिति बनेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रचण्डकै अस्थिर कार्यशैलीका कारण कांग्रेस एमाले एक ठाउँमा उभिएको बताएका हुन् ।

‘अहिलेको परिस्थितिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थिरताको कारणले हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि कांग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्छ भन्ने थियो..,’ उनले भने,‘  तर सरकार बनेको २–४ महिना हुँदा नहुँदै  गठबन्धन बन्थ्यो ? बन्दैनथ्यो प्रचण्डको यतिधेरै अस्थिर चरित्र व्यवहार नभएको भए ।’

एमालेसँगको गठबन्धनपछि पनि प्रचण्डले दायाँबायाँ गरिरहेको उनले बताए । ‘एमालेसँगको सरकारमा बसिसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसके पछाडि अहिलेको दुर्घटना निम्त्याएको हो,’ उनले भने, ‘…नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन, त्यो कारणले अहिलेको परिस्थिति निर्माण भएको हो ।’

अहिलेको सरकार ढाल्न प्रधानमन्त्री  प्रचण्ड बाहेक कसैको  भूमिका नरहेको उनको संविधान पुनरावलोकनका लागि दुई दल एक ठाउँमा उभिएको बताए । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x