५ श्रावण २०८३, मंगलवार

योजना आयोगमा देउवाले दिएको नियुक्ति खाएर कांग्रेसलाई नैतिकता नसिकाऊँ : सांसद बजगाईं

एसीपी संवाददाता

२५ असार २०८१, सोमबार २०:५८ मा प्रकाशित

सांसद राजेन्द्र बजगाईंले शेरबहादुर देउवाले दिएको नियुक्ति खाएर नेपाली कांग्रेसलाई नैतिकता  नसिकाउन आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै कांग्रेस सांसद बजगाईंले यस्तो बताएका हुन्।

‘यसअघिकासांसद राजेन्द्र बजगाईंले शेरबहादुर देउवाले दिएको नियुक्ति खाएर नेपाली कांग्रेसलाई नैतिकता  नसिकाउन आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै कांग्रेस सांसद बजगाईंले यस्तो बताएका हुन्। होनहार विद्वान् मित्रले हाम्रै सभापतिको हातबाट नियुक्ति खानुभएको थियो । त्यो पनि राष्ट्रिय योजना आयोगमा,’ उनले भने, ‘हाम्रो पार्टीबाट उदीयमान भएर अर्को पार्टीमा गएर जितेर आउनुभएको विद्वान मित्रले हाम्रो पार्टीलाई पाठ सिकाइरहनुभएको देख्दा मलाई आश्चर्य लाग्छ।’

आफूहरू नैतिक र उदार पार्टीको कार्यकर्ता रहेको भन्दै बजगाईंले भने, ‘टिभीमा सिके राउतजीले के भन्नुभएको थियो भने– बालेन साहजीलाई पक्राउ गर्ने कुरा छलफल भएको थियो। त्यसमा मेरो पार्टीका श्रद्धेय सभापतिले आपत्ति जनाउनुभएको थियो, म त्यस्तो पार्टीमा छु । त्यसैगरी, कान्तिपुर पब्लिकेसनका कैलाश सिरोहियाजीलाई पक्राउ गरेर राख्दा उहाँको सोडियम कम थियो, सायद हर्टअट्याकको संकेत डक्टरले गरेका थिए। यहाँ नयाँ पार्टी भएर जन्मिएको अथवा होनहार डेमोक्रेटिक पार्टीका साथीहरूले प्रेस रिलिज गरेर यो ठीक छ भन्ने सन्देश दिनुभयो । हाम्रो श्रद्धेय सभापतिज्यूले पाना पल्टाउँदै गयो भने मैले धेरैपटक कैलाश सिरोहियाजीबाट आक्रमण खेपेको छु, तर यस्तो गर्नुहुँदैन भन्नुभयो। त्यसैगरी हाम्रो दलले कुनै कमेन्ट नराखी सरकारको नीति तथा कार्यक्रम पास भयो भनेर ०७४ सालमा मैले आवेदन गरेको थिएँ कारबाहीको माग गर्दै । उहाँले मलाई गत निर्वाचनमा टिकेट दिएर नेपाली कांग्रेसको प्रत्याशी बनाउनुभयो । हामी त्यस्तो पार्टीमा हुर्केको मान्छे ।’ नयाँ पत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x