५ श्रावण २०८३, मंगलवार

रास्वपा महामन्त्री ढकाललाई पार्टीबाट निकाल्न अनुशासन आयोगको सिफारिस

एसीपी संवाददाता

२६ असार २०८१, मंगलवार ११:१६ मा प्रकाशित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

आयोगले महामन्त्री ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा उक्त सिफारिसबारे छलफल भइरहेको छ ।

केन्द्रीय समितिले अनुशासन आयोगको सिफारिस अनुमोदन गरेमा निलम्बित महामन्त्री ढकाल रास्वपाबाट बिदा हुनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x