५ श्रावण २०८३, मंगलवार
बाँकेको राप्तीपारी विद्युत अवरुद्ध
नेपालगन्ज । राप्ती नदी र अन्य खोला नालामा आएको बाढीले विद्युतका पोल र तार ढालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका दर्जन बढी गाउँहरूमा विद्युत सेवा अवरुद्ध भएको छ ।
मर्मत सम्भार जारी रहेकोले दुवै पालिकाका केही गाउँमा विद्युत सेवा सुचारु भएपनि अझै धेरै ठाउँमा सेवा सुचारु हुन सकेको छैन । पानी घटेपछि मर्मतको काम सुरु गरिएकोले सोमबार बेलुकाबाट खोकरी, बक्सहवा, बसेरी र दुबेरी गाउँको विद्युत सेवा सुचारु भएको नेपाल कुसुम ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले जनाएको छ ।
यी चार वटा गाउँमा सोमबार बेलुकीबाट विद्युत सुचारु भएको कुसुम ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्षले बताउनुभयो । तर अझैपनि मर्मतको काम बाँकी रहेकाले सुनखरे र चुनाहा गाउँको विद्युत सेवा सुचारु हुन नसकेको उहाँले बताउनुभयो ।
Subscribe
Login
0 Comments


