५ श्रावण २०८३, मंगलवार

उपप्रधान तथा गृह दिएर गुण तिर्न देउवासँग प्रकाशमानको माग, कृष्ण सिटौला बिच्किने त्रास

एसीपी संवाददाता

२९ असार २०८१, शुक्रबार ०९:२२ मा प्रकाशित

काठमाडौं– कांग्रेस–एमाले सहकार्यसँगै बन्ने बलियो सरकारको उपप्रधान तथा गृहमन्त्री दिएर महाधिवेशनमा सभापति लड्दा लगाएको गुण तिर्न शेरबहादुर देउवासँग प्रकाशमान सिंहले माग राखेका छन्।

पत्नी सिर्जना सिंहसँगै पारिवारिक भेट गर्नका लागि बुढानिलकण्ठ पुगेका प्रकाशमानले देउवा दम्पत्तीसँग भेटवार्ता गरेका हुन्। आरजु राणा देउवालाई समेत २० मिनेटसम्म भेट गरी उक्त माग राखिएको उच्च स्रोतले दाबी गरेको छ।

तर उपप्रधानसहित गृह पाउने आशमा अर्का नेता कृष्ण सिटौला रहेका छन्। राष्ट्रिय सभामा निर्वाचित सिटौलाबारे देउवा गम्भिर छन्। किनभने राष्ट्रिय सभाको अध्यक्ष बनाउने आश्वासन पाएका सिटौलालाई अन्तिम अवस्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धोकाका कारण चोट पुगेको बताइन्छ। त्यसको पूर्ति गर्न देउवाले सिटौलालाई सरकारमा पठाउने तयारी गरेको बताइन्छ।

यद्यपि, एमाले अध्यक्ष तथा प्रधानमन्त्री बन्न लागेका केपी शर्मा ओलीले सरकारमा उपप्रधानमन्त्री नराख्ने प्रस्ताव अघि सारेको दाबी गरिन्छ। यसमा देउवा समेत सहमत रहेको बुझिएको छ। यसैकारण अब बन्ने सरकारमा उपप्रधानमन्त्री नराखी नयाँ अनुहारलाई मौका दिने पक्षमा कांग्रेस एमाले रहेको बताइन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x