५ श्रावण २०८३, मंगलवार

चितवन पहिरोमा दुई बस खस्दा कम्तिमा ५४ जना बेपत्ता भएको प्रारम्भिक अनुमान, १७ यात्रुको नाम खुल्यो

एसीपी संवाददाता

२९ असार २०८१, शुक्रबार १०:३३ मा प्रकाशित

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोमा दुई बस खस्दा कम्तिमा ५४ जना बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ।

विवरण संकलनको काम भईरहेका कारण यकिन तथ्यांक आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक (डीएसपी) भेषराज रिजालले क्यानडा नेपाललाई जानकारी दिए।

त्रिशुली नदीमा पानीको भंगालो ठूलो रहेका कारण हराइरहेका मानिसको खोजी कार्यमा गोताखोरसहितको सुरक्षाकर्मीको ठूलो संख्या परिचालन गरिए पनि अहिलेसम्म भेटिन सकेको छैन।

पहिरोमा खसेका बसबाट अहिलेसम्म तीन जना बाँचेको र तिनको उद्दार गरी उपचार भइरहेको डीएसपी रिजालले जानकारी दिए।

काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए। दुई जना बीच बाटोबाट चढेका थिए। बस किशोर कुमार चौधरीले चलाएको विवरण प्राप्त भएको छ।

यसैगरी प्रदेश ३–००६–ख १५१६ नम्बरको बसमा २४ जना सवार रहेको बताइएको छ। ती मध्य १७ जनाको नाम विवरण क्यानडा नेपालले प्राप्त गरेको छ।

उक्त बसमा सवार यात्रुको विवरण यस्तो छ।  सीएननेपाल 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x