५ श्रावण २०८३, मंगलवार

देउवाले चाहे मात्र तपाईं सरकारमा रहने हो

एसीपी संवाददाता

२९ असार २०८१, शुक्रबार १६:२३ मा प्रकाशित

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालको लागि अनुकुल हुने भन्दै कांग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोष नदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

प्रमुख सचेतक चौधरीले देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति अनुकुल हुने दाबी गर्नुभयो । उहाँले चार महिनापछिको परिस्थिति दाहालकै पक्षमा हुने बताउनुभयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद विघटन हुनेगरी साक्षि नबस्न पनि सुझाव दिनुभयो ।

प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भनि प्रश्न समेत गर्नुभयो । आगामी सरकार संविधानको धारा ७६(३) बमोजिम बन्ने उहाँको भनाई छ । उहाँले कांग्रेस एमालेलाई असंवैधानिक काम नगर्न आग्रह पनि गर्नुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x