४ श्रावण २०८३, सोमबार

प्रधानमन्त्रीले आजै मन्त्री मण्डल गठन गर्ने

एसीपी संवाददाता

३२ असार २०८१, सोमबार १०:३४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने हुनुभएको छ । सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उहाँले सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने हुनुभएको हो ।

नेपाली काँग्रेस र एमालेले आजै केही व्यक्तिलाई मन्त्रीमा पठाउने भएको छ । सरकारमा क–कसलाई पठाउने भन्नेमा काँग्रेस र एमालेको शीर्ष नेतृत्वले आन्तरिक छलफल गरेको छ ।

एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने जनाइएको छ । यस्तै मन्त्री बन्नेमा पृथ्वी सुब्बा गुरुङ, योगेश भट्राईका साथै दामोदर भण्डारी, छविलाल विश्वकर्मा, बिद्या भट्टराई, देबेन्द्र दाहाल, मानवीर राई, बलराम अधिकारीको नाम चर्चामा छ ।

यस्तै नेपाली काँग्रेसको संस्थापनइतर समूहले हृदयराम थानी, रामनाथ अधिकारी, प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम पार्टी सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेको छ । काँग्रेस संस्थापन पक्षबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवालगायतको नाम चर्चामा छ । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x