४ श्रावण २०८३, सोमबार

परराष्ट्रमन्त्री राणालाई भारतीय समकक्षीको बधाई

एसीपी संवाददाता

३२ असार २०८१, सोमबार २१:२९ मा प्रकाशित

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतका विदेशमन्त्री एस जयशंकरले बधाई दिएका छन्।

सामाजिक सञ्जालमा पोष्ट गर्दै भारतीय समकक्षी जयशंकरले परराष्ट्रमन्त्री राणालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

राणासँग बहुआयामिक साझेदारीका विषय थप बढाउन मिलेर काम गर्न उत्सुक रहेको विदेशमन्त्री जयशंकरको भनाइ थियो।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सोमबार गठन भएको मन्त्रिपरिषदमा राणा परराष्ट्र मन्त्री बनेकी हुन्। उनी पहिलो पटक क्याबिनेट छिरेकी हुन्। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x