४ श्रावण २०८३, सोमबार

परराष्ट्र मन्त्रालयको राजनीतिक र प्रशासनिक कमान्डमा महिला

एसीपी संवाददाता

१ श्रावण २०८१, मंगलवार १२:३५ मा प्रकाशित

काठमाडौं– कुटनीतिक मामिला देशको प्रमुख मध्य एक भएकाले त्यसको जिम्मेवारी परराष्ट्र मन्त्रालयले हेर्ने गरेको छ। उक्त मन्त्रालयको कमान्ड राजनीतिक र प्रशासनिक रुपमा महिलाको नेतृत्वमा पुगेको छ।

नयाँ सरकार बनेसँगै परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नियुक्त भएकी छन्। उनले पदभार ग्रहरण गरी जिम्मेवारी लिइसकेकी छन्।

यस्तै उक्त मन्त्रालयको सचिवमा सेवा लम्साल छिन्। यी दुवै महिलाको कमान्डमा नेपालको कुटनीतिक मामिला, परराष्ट्रसम्बन्धी नीतिको सुझाव तयार हुनेछ।

‘नेपालको संक्रमणकालिन जस्तो देखिने राजनीति र कर्मचारी प्रशासनमा विदेशीको चासो निक्कै व्याप्त हुन्छ। त्यसलाई चिर्न दुई जना महिलाको नेतृत्व आएको छ। काम हेरेर मुल्यांकन हुन्छ’, कुटनीतिक जानकार भन्छन्,‘उहाँहरूको अभ्यास कसरी जानेछ भन्ने काम नहेरी भन्न मिल्दैन।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x