४ श्रावण २०८३, सोमबार

नेविसंघ बैतडीले गर्यो जिल्ला कार्यसमिति विस्तार ( पालिका संयोजक पनि टुङ्गियो)

एसीपी संवाददाता

१ श्रावण २०८१, मंगलवार २१:३३ मा प्रकाशित

बैतडी:नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघ बैतडीको जिल्ला कार्यसमिति बिस्तार गरिएको छ । नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्रबहादुर ढुंगालले ११३ सदस्यीय जिल्ला कार्यसमिति बिस्तार गर्नुभएको हो ।

समितिको उपाध्यक्षमा अमरबहादुर टेर,दिपेन्द्रबहादुर बोहरा,भुवन भट्ट, सचिवमा धनी भट्ट,धनबहादुर चन्द,कोषाध्यक्ष अम्बिका जोशी,सहसचिवमा रोशन भट्ट,कबिता चन्द,नविन विष्ट,धनेश्वरी भट्ट,राहुल विष्ट,पुनम भट्ट,प्रकाश विष्ट र अन्य सदस्यहरु रहेका छन् ।
यस्तै गरी बैतडीको दशवटा स्थानीय तहमा पालिका संयोजकको पनि जिम्मेवारी दिएको छ।
प्रतिभा साउद – शिवनाथ गाउँपालिका
राजेन्द्र बहादुर धामी – डिलासैनी गाउँपालिका
जयन्त प्रसाद भट्ट – सुर्नया गाउँपालिका
मिलन कुमार बोहरा – सिगास गाउँपालिका
राजु मंगोला – पञ्चेश्वर गाउँपालिका
उमेश भट्ट – दोगडाकेदार गाउँपालिका
विजय पोखरेल – मेलौली नगरपालिका
हरिश विष्ट – पाटन नगरपालिका
लोकेन्द्र साउद – पुर्चौडी नगरपालिका
कमलेश भण्डारी(कविन्द्र) – दशरथचन्द नगरपालिका
नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठौं २०७३ बमोजिम जिल्ला कार्यसमिति बिस्तार गरिएको अध्यक्ष ढंगालले बताउनुभयो ।
ढुंगाललाई गत जेठमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजांग शेर्पाले जिल्ला अध्यक्षमा मनोनित गर्नुभएको थियो ।
नेपाल विद्यार्थी संघको विधि, विधान र मर्यादाभित्र रहेर संगठनलाई गतिशील बनाउन आग्रह गरिएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x