३ श्रावण २०८३, आईतवार

युवालाई अवैध रुपमा अमेरिका पठाउने ‘धन्दा’मा उपसभामुख रानामगर

एसीपी संवाददाता

३ श्रावण २०८१, बिहीबार ०७:४३ मा प्रकाशित

सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगर फेरि विवादमा तानिएकी छन्।

आफ्नाे पदीय हैसियत बिर्सिएर बिचाैलियाकाे भूमिकामा रही केही युवाहरूलाई अमेरिका पठाउन नेपालस्थित अमेरिकी दूतावासमा भिसा आवेदन दिएपछि उपसभामुख रानामगर विवादमा तानिएकी हुन्।

उच्च स्रोतले बताएअनुसार उनले आफू र अरु ६ जनाको नाम राखेर भिसाका लागि आवेदन दिएकी थिइन्। तर, अमेरिकी दूतावासले उनीसहित कसैलाई पनि भिसा दिएन।

उपसभामुखनिकट राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङबाट माेटाे रकम लिएर उनीहरूलाई अमेरिका पुर्‍याउने गरी दूतावासमा भिसा आवेदन दिएकाे स्राेतकाे दाबी छ।

उनकाे याे कार्यप्रति उच्च तहमा चर्चा र विवाद चुलिएकाे छ। यसबारे केही तथ्य कतिपय सांसद्हरूकाे हातमा परेकाे र छिट्टै सार्वजनिक गर्ने तयारी रहेकाे बताइन्छ।

राज्यबाट भीआइपी सुविधा पाउने कुनै पनि व्यक्ति विदेश जानुपरे भिसालगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ। उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ। तर, उपसभामुख रानामगरले भने सिधै आफै पत्र लेखेर भीसा आवेदन हालेको दाबी गरिएको छ।

यसअघि एनआरएनए युकेको निमन्त्रणामा मार्च २ तारिख शनिबारका दिन लण्डन जान लाग्दा पनि रानामगरको भ्रमण भीसा अस्वीकृतिका कारण अन्तिम समयमा स्थगित भएकाे थियाे। ब्रीकलिन्क्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x