माननीय खानले खानेपानी मन्त्रीलाई राखे आफ्नो सुझाव
काठमाडौं – खानेपानी मन्त्री माननीय प्रदीप यादव संग पूर्व खानेपानी मन्त्री एवम् जनमत पार्टीका माननीय प्रतिनिधिसभा सदस्य अब्दुल खानले मन्त्रालयमा भेटघाट गर्दै बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
भेटघाटका क्रममा माननीय मन्त्री र माननीय खान बिच खानेपानी व्यवस्थापन, नयाँ योजनाहरू, खानेपानी क्षेत्रमा गर्न सकिने सुधारको विषयमा गहन छलफल भयो । माननीय खानले आफूले मन्त्री हुँदा सुरुवात गरिएका परियोजनाहरूको प्रगति बारेमा चासो व्यक्त गर्नुहुँदै तिनलाई निरन्तरता दिन र नयाँ योजनाहरू लागू गर्न सक्ने उपायहरू बारे सुझाव दिनुभएको थियो ।
माननीय मन्त्रीले पनि माननीय खान उहाँले आफ्नो कार्यकालमा थालनी गर्नुभएको प्रयासहरूलाई उच्च मूल्याङ्कन गर्दै, आपसी सहयोग र सहकार्यबाट भविष्यमा अझ प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।माननीय खान निरन्तर आफ्नो स्थान र अन्य आवश्यक बिसयमा सक्रियता हुदै काम गर्दै आउनु भएको छ ।


