३ श्रावण २०८३, आईतवार

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा युवराज खतिवडा नियुक्त

एसीपी संवाददाता

४ श्रावण २०८१, शुक्रबार ०८:३३ मा प्रकाशित

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णुप्रसाद रिमाल नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रधानमन्त्रीको विकास सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेको छ । सरकारले मन्त्रिपरिषद्का राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको छ ।

जसमा राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल तोकेको छ ।

सञ्चारमन्त्री गुरुङले सकरारले नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औं बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गरेको पनि बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x