३ श्रावण २०८३, आईतवार

शालिकराम जम्कट्टेलले आज प्रदेश सभामा विश्वासको मत लिँदै

एसीपी संवाददाता

६ श्रावण २०८१, आईतवार १०:५१ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।

संघीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँच मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।

गत २०७९ पुसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने जनाइएको छ ।

आजै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x