३ श्रावण २०८३, आईतवार

डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

एसीपी संवाददाता

७ श्रावण २०८१, सोमबार २२:१३ मा प्रकाशित

काठमाडौं नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । एआईजी उमेशराज जोशीले अनिवार्य अवकास पाएपछि दरबन्दी रिक्त थियाे । उक्त रिक्त दरबन्दीमा रामदत्तलाई बढुवा सिफारिस गरिएको हो।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन्। हाल कार्यरत डीआईजीको बरियताको आधारमा समितिले उनलाई बढुवा सिफारिस गरेको हो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x