३ श्रावण २०८३, आईतवार

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

एसीपी संवाददाता

८ श्रावण २०८१, मंगलवार २१:४५ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गर्नुभएको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री पौडेलले जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउनका लागि मन्त्रालयले काम गर्ने बताउनुभयो । उहाँले सरकारले सो रोग नियन्त्रणका लागि विशेष सावधानी अपनाउने पनि बताउनुभयो ।

मन्त्री पौडेलले सो रोगको नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । जनतामा चेतना फैल्याउन पनि सो रोगको रोकथाममा लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुका परिचालन उपयोग हुने मन्त्री पौडेलको भनाई थियो ।

मन्त्री पौडेलले सो रोगको रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काममा सहयोग गर्न सांसदहरुलाई पनि आग्रह गर्नुभयो । इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x