२ श्रावण २०८३, शनिबार

अबैध रूपमा बोईलर कुखुरा बरामद

एसीपी संवाददाता

१२ श्रावण २०८१, शनिबार १६:२८ मा प्रकाशित

नेपालगञ्ज, भारतबाट अवैध रूपमा नेपाल नेपाल भित्र्याइएको ठूलो परिणामको बोइलर कुखुरा सशस्त्र प्रहरी बलले आज बढैया बाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल फरवर्ड बेस साईगाउँका इन्चार्ज साई चित्र पुनको कमाण्डमा खटेको गस्ती टोली र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाटबाट खटेको संयुक्त टोलीले भारतीय अवैध बोइलर कुखुरा जानकी गाउँपालिका वडा नम्बर १ बढैयाबाट बरामद गरेको हो।

सशस्त्र प्रहरी गस्तीमा हिँडेको बेला भारतबाट कुखुरा ल्याएर आउँदै रहेछन्, हामीलाई देख्ने वित्तिकै मोटरसाइकल पल्टाएर भागिहाल्यो,’ पुनले भने, ‘फरार व्यक्ति पेशेवर हो, यसअघि पनि बोइलर कुखुरा बोकेको उसको मोटरसाइकल हामीले बरामद गरिसकेका छौं।
भन्सार नाका छलि भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गर्दा दुई वटा मोटर साईकलसहित ३ सय किलो बोइलर कुखुरा फरवर्ड बेस साईगाउँका ३ नम्बर चेकप्वाईन्टमा पक्राउ गरिएको नं. ३० गण हेडक्वार्टर बागेश्वरीका प्रवक्ता डिएसपी नरेश खड्काले सारा खबरलाई जनाइएको छ।
तस्करले कुखुरा बोक्न प्रयोग गरेको भे७प ८५७७, भे५प ९४१६ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको फरवर्ड बेस साईगाउँका इन्चार्ज साई चित्र पुनले जानकारी दिए । तिन कुंटल बोइलर कुखुरा तस्करले प्रयोग गरेको दुइटा मोटर साइकलको अंदाजी मूल्य ३ लाख २० हजार मूल्य बराबरको उक्त कुखुरालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन नेपालगञ्जमा बुझाइएको डिएसपी खड्काले जानकारी दिए ।
स्रोतका अनुसार तस्करले बढैया नाकाबाट दिनहु जसो अवैध रूपमा भारतीय बोइलर कुखुरा भित्र्याउने गर्छन्। दिनहु बोइलर खुखुरा तस्करी भइरहँदा नजिकै रहेको बढैया बीओपीले चासो नदिएको त्यस नाकाबाट बोइलर कुखुरा तस्करी हुँदा राज्यको लाखौं लाख राजस्व गुमेको स्थानीयको आरोप छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x