२ श्रावण २०८३, शनिबार

नेपालका कम्युनिष्ट पार्टीहरु सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्दछन् : अध्यक्ष यादव

एसीपी संवाददाता

१२ श्रावण २०८१, शनिबार १६:४४ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गर्नुभएको छ ।

सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले गरेको अध्यक्ष यादवले जिकिर थियो । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिष्टहरु राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताउनुभयो । कम्युनिष्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा अवसरवाद मात्रै बाँकि रहेको उहाँको भनाई थियो ।

अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिष्ट पार्टीहरुले भने मुलुकमा दुःख पाउनुपरेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीहरुमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रुपमा देखिएको दाबी समेत गर्नुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x