२ श्रावण २०८३, शनिबार

बाँके जिल्ला स्ट्रेन्थ लिफ़्टिंग संघ द्वारा बिजेता खेलाडीलाई सम्मान

एसीपी संवाददाता

१३ श्रावण २०८१, आईतवार ११:१२ मा प्रकाशित

रिसब सिंह वाडिया , नेपालगन्ज  – हालै  कजाकिस्तानमा १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको ११ औं वर्ल्ड स्ट्रेन्थ लिफ़्टिंग एण्ड ईन्क्लाइन बेन्च प्रेस चैम्पियनशिप २०२४ का बिजेताहरुको नेपालगन्जमा स्वागत अभियान जारी रहेको छ ।  साथै काठमाडौं मा १५ र १६ अप्रैलसम्म सञ्चालन भएको काठमाडौं स्ट्रङ्ग म्यान/स्ट्रोङ वुमन इनक्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा सफलता हासिल गर्ने  तथा पदक विजेता करण बाडिया , मोहित गुप्ता लगायत खेलाडिहरु लाई बाँके जिल्ला स्ट्रेन्थ लिफ़्टिंग संघ द्वारा बधाई दिंदै सम्मान गरेको छ ।  सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका पूर्व वन मन्त्री, तथा ओलम्पियन सुरेन्द्र बहादुर हमाल , बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्ग संघ अध्यक्ष विनी टण्डन , सचिव चन्द्र शेखर थापा को उपस्थितिमा सम्मान कार्यक्रम गरिएको हो ।
कजाकिस्तानमा भएको ११ औं वर्ल्ड स्ट्रेन्थ लिफ्टीङ्ग चेम्पियानशीपमा करण वाडीया जुनियर तर्फ़ (२ गोल्ड) , केदार मान स्थापीत ७६ केजि मास्टर २ मा (१ गोल्ड) , सानु कानछ लामा ७६ केजी मास्टर १ मा (२ ब्रोंज) , अमर लामा ७६ केजी सिनियर (१ ब्रोंज) , मोहित गुप्ता ६८ केजी सिनियर (१ सिल्वर ) , मोहित गुप्ता ६८ केजी सिनियर (१ ब्रोंज ) गरि ८ वटा मेडल नेपाली टिमले जितेको हो ।विशेष गरि नेपालगन्जका खेलाडीहरु नेपालको पहिचान अब यश तर्फ पनि बिश्वलाई चिनाउने आफ्नो प्रयास सफल पारेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x