२ श्रावण २०८३, शनिबार

रास्वपाको कारबाहीविरुद्ध मुकुल ढकाल निर्वाचन आयोगमा

एसीपी संवाददाता

१३ श्रावण २०८१, आईतवार १३:५२ मा प्रकाशित

काठमाडौं– असार २५ गते केन्द्रीय समिति, महामन्त्री र प्रवक्ताको जिम्मेवारी खोस्दै साधारण सदस्य मात्र रहनेगरी कारबाही गरिएका मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णयविरुद्ध निर्वाचन आयोग पुगेका छन्।

रास्वपाको कारबाही विधिसंगत नभएको तथा बैधानिक समेत नरहेको भन्दै उनले महामन्त्री र प्रवक्ताको पदमा बाहल रहेको निवेदन आइतबार निर्वाचन आयोगमा दिएका हुन्।

राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालको निवेदनमा दाबी गरिएको छ।

उनले यस्तो दाबी पत्रकार सम्मेलनमार्फत पनि गरेका थिए भने सभापति रवि लामिछानेविरुद्ध आगो ओकलेका थिए। त्यसपछि उपसभापति स्वर्णिम वाग्लेलाई समेत विवादमा तान्नेगरी नेपाललाई भुटानीकरण गराउन भारतसामु लम्पसार परेको आरोप लगाएका थिए।

यद्यपि यी विषयमा रास्वपाले आधिकारिक रुपमा कुनै पनि खण्डन गरेको छैन भने सम्बन्धित पदाधिकारीले ‘गँजेडी’का कुरा भनी प्रतिक्रिया दिएका थिए। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x