२ श्रावण २०८३, शनिबार

मदरसाको रूपन्देहिको सियारी गाँउपालिकाका मुस्लिम महिला हरू द्वारा अवलोकन भ्रमण

एसीपी संवाददाता

१३ श्रावण २०८१, आईतवार १४:५१ मा प्रकाशित

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको आईशा सिद्धकी गर्लस कालेजको मदरसाको रूपन्देही जिल्लाको सियारी गाँउपालिकाका मुस्लिम महिला हरू द्वारा अवलोकन भ्रमण गरिएको छ । सो मदरसामा रहेको छात्रावास, सिलाई कटाई कक्ष, कम्प्यूटर कक्ष, कक्षा कोठा, नुमाइश कक्ष लगायतको अवलोकन गरिएको छ। सो अवलोकन भ्रमणका क्रमममा एक कार्यक्रम गरि सो मदरसाले आएका सम्पूर्ण लाई सम्मान कार्यक्रम राखेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अकिल मियाले सियारी गाँउपालिकाले मुस्लिम महिला हरू लाई गराएको अवलोकन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै सबै व्यक्तिको शिक्षामा पहुच पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खांले मुस्लिम धर्ममा शिक्षा लाई अनिवार्य तथा निशुल्क गरेको भए पनि हालको स्थितमा मुस्लिम हरूको शिक्षामा पहुँच न्यून रहेको बताउदै सियारी गाँउपालिकाले गरेको मुस्लिम महिलालाई गराएको अवलोकन भ्रमणले शिक्षामा पहुँच राम्रो हुन सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका अध्यक्षता गरेका लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले अवलोकन भ्रमणमा आएका सम्पूर्ण लाई हार्दिक स्वागत गर्दै सियारी गाँउपालिकाले गरेको उक्त भ्रमण सराहनीय रहेको बताउदै लुम्बिनी प्रदेश मदरसा बोर्ड बाट हुन् सकने सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउदै मुस्लिम महिलामा समेत शशक्तिकरणको भावना विकसित भई शिक्षामा सबैको पहुँच हुनुपर्ने बताए।

उक्त अवलोकन भ्रमणमा जनप्रतिनिधि महेन्द्र प्रसाद यादव, सियारी गाँउपालिकामा अवस्थित मदरसा स्लामिया गरिब नवाजका अध्यक्ष कलिकुन निशा मनिहार, सहायक प्रधानाध्यापक पार्वती चौधरी लगायत पैतालीस जना मुस्लिम महिलको सहभागिता रहेको थियो। राष्ट्रियपत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x