२ श्रावण २०८३, शनिबार

विमान र बस यात्रामा ज्यान गुमाएकाहरू प्रति सरकारले गरेको विभेद विरुद्ध बिरोध प्रदर्शन

एसीपी संवाददाता

१३ श्रावण २०८१, आईतवार १५:४० मा प्रकाशित

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र विमान र बस यात्रामा ज्यान गुमाएकाहरू प्रति सरकारले गरेको विभेदको विरोध गर्न राष्ट्रिय एकता अभियानले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, वरिष्ठ नेता बिपी यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, र युवा नेता दिवस पटेलले सहभागिता जनाए।

कार्यक्रमको शुरुवातमा, सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परि मृत्यु भएका व्यक्तिहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रममा सहभागीहरुले ती व्यक्तिहरूको आत्माको शान्तिको कामना गर्दै शोकमा सामनताको आवश्यकता र महत्वका बारेमा चर्चा गरे।

त्यसपछि, विमान र बस दुर्घटनामा ज्यान गुमाएकाहरू प्रति सरकारले गरेको विभेदको विरोध गर्न एक खबरदारी कार्यक्रम आयोजना गरियो। प्रमुख अतिथि विनय यादवले आफ्नो मन्तव्यमा, सरकारको विभेदपूर्ण व्यवहारले शोकमा पनि भिन्नता ल्याउने कार्य गरेको र यसलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकताको चर्चा गरे।

वरिष्ठ नेता मो. बिपी यादवले, “शोकमा समानता सबैका लागि आवश्यक छ, यसरी विभेद गर्नु अवैध र अस्वीकार्य छ“ भन्दै सरकारी दृष्टिकोणमा सुधारको माग गरे।

चन्द्र यदुवंशीले सरकारको नीति र निर्णयमा पारदर्शिता र न्यायको माग गर्दै, “सबैको जीवन समान मूल्यवान छ, विभेदको खारेज हुनु आवश्यक छ“ भनें। युवा नेता दिवस पटेलले पनि शोकको घडीमा सबैलाई समान सम्मान र न्यायको माग गर्दै, घटनाका पीडित र उनीहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।

कार्यक्रमको समापनमा, सहभागीहरूले शोकमा समानता र न्यायको महत्वपूर्णता बुझाउँदै, यस्तो विभेदको पुनरावृत्ति नगर्नका लागि सरकारलाई अनुरोध गर्दै एकता र सहकार्यको भावना पुनः पुष्टि गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x