२ श्रावण २०८३, शनिबार

कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ: उपप्रधानमन्त्री सिंह

एसीपी संवाददाता

१४ श्रावण २०८१, सोमबार १६:३७ मा प्रकाशित

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्यात प्रवद्र्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक नीतिगत र संरचनागत परिवर्तन गर्न सरकार तयार रहेको बताएका छन् ।

तीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवाड्र्स एसोसिएसनद्वारा सोमबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नयाँ सरकार बनेपछि जारी मौद्रिक नीतिले सरकार उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने कुरा प्रमाणित गरेको उल्लेख गरे । व्यावसायिक काममा परेका समस्यालाई तत्काल समाधान गर्नका लागि सरकारलाई घचघच्याउनसमेत उनले आग्रह गरे ।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले गत वर्ष नेपालको कार्गो व्यवसायमा उल्लेखनीय योगदान गरेका सुन्दरप्रसाद दाहाल, आशिष गजुरेल, क्याथे कार्गो तथा नेपाल एयरलाइन्सलगायतका संस्था तथा व्यक्तिलाई सम्मान गरे ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x