२ श्रावण २०८३, शनिबार

दाङको देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

एसीपी संवाददाता

१४ श्रावण २०८१, सोमबार १८:११ मा प्रकाशित

नेपालगञ्ज । दाङको देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा बाँकेका एक जनाको मृत्यु भएको छ ।

आज सोमबार बिहान लमही नगरपालिका वडा नं-८ असानीमा भएको दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका वडा नं-१० का घर भएका ५६ वर्षीय पोक्सरबहादुर सुनारको मृत्यु भएको हो ।

रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमही जाँने क्रममा आज बिहान दुर्घटनामा पर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार मृतक सुनार हाल दाङको घोराही बस्दै आउनुभएको थियो ।

अनियन्त्रित भएर भएको दुर्घटना गम्भीर घाइते हुनुभएका सुनारको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनार घोराहीमा फर्निचरको काम गर्दै आउनुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x