२ श्रावण २०८३, शनिबार

माओवादी केन्द्रको निस्कर्ष – वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चिँदै गयो

एसीपी संवाददाता

१४ श्रावण २०८१, सोमबार १८:४८ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा जाने कुरामा जोड दिएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा र वर्गसमुदायमा जाने निस्कर्ष निकालेको बताएको हो ।

बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले शुक्रवारदेखि सोमवारसम्म १८ जनाले आफ्ना धारणा राख्नुभएको र अधिकांशले पार्टी शुद्धिकरण र जनतामा जाने कुरामा जोड दिनुभएको पनि जानकारी दिनुभयो । उहाँले पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्गसमुदायबाट टाढा रहनु रहेको निस्कर्षमा नेताहरुको रहेको पनि बताउनुभयो ।

प्रवक्ता सापकोटाले पार्टीको वर्गीय दृष्टिकोण बोधो भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको निस्कर्ष निकालेको बताउनुभयो । इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x