२ श्रावण २०८३, शनिबार

अध्यक्ष उपेन्द्र यादव आज राति फिलिपिन्स जाने

एसीपी संवाददाता

१५ श्रावण २०८१, मंगलवार १३:०४ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज राति फिलिपिन्स प्रस्थान गर्दैछन्।

एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को स्टेरिङ कमिटीको बैठकमा सहभागी हुन अध्यक्ष यादव आज राति ११ः३० बजे फिलिपिन्स जान लागेका हुन्।

यस भ्रमणमा अध्यक्ष यादवसँगै पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी हुने पार्टीका नेता पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार अध्यक्ष यादवले जुलाई ३१ मा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यक्रममा सम्बोधन गर्नेछन्।

त्यस्तै, यादव फिलिपिन्सको राजनीतिक दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी हुने कार्यतालिका रहेको छ।

जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य रहेको छ।

अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कनेछन्। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x