२ श्रावण २०८३, शनिबार

झुक्याएर चर्च बनाएपछि धनगढी उपमहानगरले चलायो डोजर

एसीपी संवाददाता

१६ श्रावण २०८१, बुधबार ०८:५० मा प्रकाशित

काठमाडौं। धनगढीमा अस्पताल चलाउने भनेर झुक्याएर चर्च बनाइएपछि डोजर चलाइएको छ।  धनगढी उपमहानगरले अनुमतिविना र मापदण्डविपरीत भवन बनाइएको भन्दै मनेहरामा सञ्चालित चर्चमा मंगलबार डोजर लगाएको हो।

मनेहरामा लेट मेइन धनगढी प्रालि र  नेपाल लाइफ वर्ड मिसनले घर नक्सा पासविपरित निर्माण भएका अवैध  संरचना नेपाल लाईब बल्ड मिसनका नाममा चर्च सञ्चालन गरेको स्थानमा  घर नक्सा पासविपरित निर्माण भएका अवैध संरचना हटाइएको मेयर गोपाल हमालले जानकारी दिए।

लेट मेइन धनगढी प्रालिले चार कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर साढे दुई तले भवन निर्माण गरेको थियो।  भवनका निर्माणका क्रममा  अस्पताल खोल्ने भनिए पनि चर्च बनाइएपछि स्थानीय विरोधमा उत्रिएका थिए।

मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो। तर सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हो। यसअघि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ नियन्त्रणमा लिइसकेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x