२ श्रावण २०८३, शनिबार

पत्रकार नवीन कुमार गुप्तालाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न माग

एसीपी संवाददाता

१६ श्रावण २०८१, बुधबार १२:०२ मा प्रकाशित

राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीका काेषाध्यक्ष समेत रहेका पत्रकार नवीन कुमार गुप्तालाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न माग गरिएको छ ।

महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले जिल्ला प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्यलाई निवेदन दिएका छन् ।

धम्की दिनेलाई कानुन अनुसार कार्वाही गर्न निवेदनमा माग गरिएको छ । कार्वाही नगरिए आन्दोलनमा उत्रिने निवेदनमा चेतावनी समेत दिइएको छ ।

जिल्लाको महादेवा गाउँपालिकामा भएको विद्युतीकरणमा अनियमितता सम्बन्धी राजविराज दैनिक पत्रिकामा समाचार लेखेकै कारण महादेवा गाउँपालिकाका अभिषेक मण्डलले ज्यान मार्ने धम्की दिएका छन् ।

पत्रकार गुप्ताका अनुसार मण्डलले फोन गरेर समाचारमा मेरो नाम किन हालेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x