२ श्रावण २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति ?

एसीपी संवाददाता

१७ श्रावण २०८१, बिहीबार १०:३६ मा प्रकाशित

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । भने झापा, विराटनगर जनकपुर लगायतका स्थानमा १६७ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ निगमले जनाएको छ । घटेको मूल्य आजै राति १२ बजेपछि लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x