२ श्रावण २०८३, शनिबार

राजनीति राजनीतिक स्थिरताका लागि कांग्रेस-एमालेको सरकार बन्यो, यसलाई टिकाइराखौँ : शेखर कोइराला

एसीपी संवाददाता

२० श्रावण २०८१, आईतवार २०:५२ मा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएकाले यसलाई टिकाइराख्नुपर्ने बताएका छन्  ।

आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले पटक पटक सरकार परिवर्तन हुँदा राजनीतिक स्थिरता हुन नसकेका कारण ठूला दुई मिलेर सरकार बनाउनुपरेकाले यसलाई टिकाइराख्नुपर्ने बताएका हुन् । उनले अहिलेको सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने र सहि दिशा दिनका लागि सुझाव दिनुपर्ने धारणा राखे ।

कोइरालाले अव निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधनका नाममा परिवर्तनको उपलब्धि गुम्न सक्ने आशंका पैदा भएका अवस्थामा नेतृत्वलाई झकझकाउने काम कांग्रेस नेता तथा कार्यकर्ताले गर्नुपर्ने उनको भनाइ छ । उनेले सरकारले सम्पूर्ण ध्यान सुशासनका साथै आर्थिक विकासमा दिनुपर्ने धारणा उल्लेख गरे । कोइरालाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने दाबी गरे ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले पार्टीको बिचार उच्च भए जनसमर्थन बढ्दै जाने बताए । पार्टीभित्र उठेको शुद्धीकरणको विषयलाई युवा नेताहरूले गम्भीरताका साथ लिने उनले बताए । सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x