२ श्रावण २०८३, शनिबार

प्रधानमन्त्रीले गरे जीवित देवी कुमारीको दर्शन

एसीपी संवाददाता

२० श्रावण २०८१, आईतवार २१:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित देवी कुमारीको दर्शन गरेका छन्।

ललितपुरको जावलाखेलमा आज (आइतबार) अपराह्नमा ४ बजे आयोजित भोटोजात्राका क्रममा उनले कुमारीको दर्शन गरेका हुन्।

प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा , प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गरेका थिए।

उनीहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए।

हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज भोटो देखाइएको हो। नागरिकन्युज

तस्बिरहरु : प्रधानमन्त्रीकाे सचिवालय

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x