२ श्रावण २०८३, शनिबार

युक्रेनी दूतावासले गर्यो रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आग्रह

एसीपी संवाददाता

२५ श्रावण २०८१, शुक्रबार १२:१८ मा प्रकाशित

मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ ।

पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर १ मा हुने शपथग्रहण समारोहमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई निमन्त्रणा दिएकोमा मेक्सिकोलाई पनि धन्यवाद दिएको छ ।

युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई विश्वास छ, मेक्सिको सरकारले कुनै पनि अवस्थामा अन्तर्राष्ट्रिय पक्राउ पूर्र्जीको पालना गर्नेछ र पुटिनलाई हेगस्थित संयुक्त राष्ट्रसङ्घको न्यायिक निकायलाई हस्तान्तरण गर्नेछ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x