२ श्रावण २०८३, शनिबार

कुलमानको समर्थकमा प्रदर्शन गर्ने युवामाथी प्रहरीको दमन

एसीपी संवाददाता

२६ श्रावण २०८१, शनिबार २०:१८ मा प्रकाशित

काठमाडौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा र्‍याली निकालेका युवामाथी प्रहरीले दमन गरेको छ ।  नेपाल प्रहरी र समर्थकबिच शनिबार माइतीघरमा झडप हुँदा प्रहरीले मुक्का प्रहार गर्नुका साथै प्रहरीले युवाहरुलाई लाठी चार्ज गरेको हो ।

प्रहरीले मुक्का प्रहार सहित कुटपिट गरेको उनीहरुले बताएका छन् ।

माइतीघरबाट सुरु भएको र्‍याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बिच बाटो मै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो। झडपपछि प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतलाई पक्राउ गरेको छ।  सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x