२ श्रावण २०८३, शनिबार

रातभर भारी वर्षा : काठमाडौ उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम

एसीपी संवाददाता

२७ श्रावण २०८१, आईतवार ०७:०९ मा प्रकाशित

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ। शनिबार रातिदेखि परेको भारी वर्षापछि बाढी पूर्वानुमान महाशाखाले यस्तो अनुरोध गरेको हो।

आइतबार बिहानसम्मै काठमाडौं उपत्यकाको बुढानीलकण्ठ र आसपास भारी वर्षा भएकाले विष्णुमती, धोबीखोला आसपास बाढी आएको महाशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाले यी नदीमा पानीको सतह सतर्कता तहभन्दा माथी पुग्नसक्ने भन्दै बिहान १० बजेसम्म नदी तटीय क्षेत्रमा बसोबास गर्ने र करिडोर सडकबाट यात्रा गर्नेलाई सचेत गराएको हो।

महाशाखाले मकवानपुरको रजैया, चिसापानीगढी, हात्तीसूडे, बाराको अमलेखगञ्ज वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने पूर्वी राप्ती नदी र साना खोलामा एक्कासी बाढी आउन सक्ने बताएको छ।

सिन्धुपालचोकको गोब्रे, बाँसखर्क, बाउनेपाटी, धाप, भोटाङ, मानेखर्क भइ बहने नदीमा बाढी आउने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम भएको भन्दै आसपासका नागरिकलाई सावधानी अपनाउनसमेत बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

शनिबार रातिदेखि परेको भारी वर्षा आइतबार बिहानसम्म रोकिएको छैन। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x