२ श्रावण २०८३, शनिबार

उद्योगमन्त्री भण्डारीद्वारा श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन

एसीपी संवाददाता

२७ श्रावण २०८१, आईतवार ०७:२४ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारीले आज भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका पदाधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

अवलोकन भ्रमणमा वाणिज्य मन्त्रालयका द्विपक्षीय शाखा हेर्ने सहसचिव बाबुराम अधिकारी तथा कलकतास्थित महावाणिज्य दूतावासका पदाधीकारीलगायत उपस्थिति थियो । तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिइ कलकतास्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरी परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिनुभयो ।

उहाँले नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडले हल्दिया पोर्ट इन्टेरियर जोनभित्र दीर्घकालीन रुपले भाडामा लिएको जमिनको उपयोग, थप सम्भावन एवं औचित्यबारे गहन छलफल गरी कम्पनीको कार्यालय अनुगमन गर्दै आवश्यक निर्देशन दिनुभयो । यस अवसरमा पोर्टका डेपुटी अध्यक्ष सम्राट राहीले मन्त्री भण्डारीको स्वागत गर्नुभएको थियो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x