बाँके हिन्दु समाज द्वारा बंगलादेशमा भएको हिन्दुहरु माथि हिंसाको विरुद्धमा विरोध प्रदर्शन र्याली
रिसब सिंह वाडिया , नेपालगन्ज – बाङ्लादेशमा भइरहेको हिन्दु , समुदाय माथी हिंसा , मठ मन्दिर , बौद्ध गुम्बा तोडफोडको बिरोध गर्दै आज नेपालगन्ज बृहत बिरोध प्रदर्शन भएको छ ।
बाँके हिन्दु समाजको आयोजनामा आज आईतबार नेपालगन्ज उपमहानगरपालिका बागेश्वरी मन्दिर नजिकै रहेको हनुमन्त गौशाला , हनुमान गढि मन्दिर देखि शुरु भएको र्याली नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा कोण सभामा परिणत भएको हो ।
केही दिन देखि बंगलादेशका प्रधानमन्त्रीले लागू गरेको आरक्षणको विरुद्ध प्रदर्शन शुरु भएको थियोे । उक्त प्रदर्शनले बङलादेशमा रहेका अल्पसंख्यक हिन्दु र बौद्ध धर्म ब्याक्ती र धार्मिक स्थललाई जिसाना बनाउन शुरु गरेका हुन । हिन्दुहरुको सुरक्षा धर्म संस्कृतिको जागेर्न तथा मठ मन्दिर माथि भएको आक्रमणको बिरोधमा विरोध प्रदर्शन र्याली निकालिएको हो ।
नेपालगन्ज-२ हनुमन्त गौशालाबाट शुरु भएको उक्त र्याली बागेश्वरी मन्दिर , त्रिवेणी मोड़ , त्रिभुवन चौक , ताँगा स्टैण्ड , हुँदै जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल मार्फत नेपाल सरकार लाई ज्ञापन-पत्र दिएका छ ।

हजारौंको संख्या उतरेका हिन्दु समाजका अगुवाहरुले हिन्दु एकता जिन्दावाद , बिश्वका सम्पूर्ण हिन्दु एक हौ , बाङ्लादेश प्रशासन मुर्दावाद , हिन्दुहरुलाई सुरक्षा प्रदान गर भन्दै चर्को नारा लगाएका थिए ।



