२ श्रावण २०८३, शनिबार

प्रचण्डको राजीनामा माङ हुँदा बैठक स्थागित

एसीपी संवाददाता

२९ श्रावण २०८१, मंगलवार ०७:४४ मा प्रकाशित

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ।

गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ। बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो। तर, शिर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो।

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए।

सो पछि मुख्यतयाः जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने लिखित माग राखे पछि माओवादी बैठक पेचिलो बन्न पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x