२ श्रावण २०८३, शनिबार

लागू औषधि सहित एल जना पक्राउ

एसीपी संवाददाता

३१ श्रावण २०८१, बिहीबार १०:३१ मा प्रकाशित

जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. १७ स्थित पुर्व पश्चिम सडक खण्डमा प्रतिबन्धित लागु औषध बिक्री बितरण भइरहेको खबर पाउन साथ प्रहरीले छापा मारेको छ । बिषेश सुचनाको अधारमा यस इलाका प्रहरी कार्यालयाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ शंकास्पद रुपमा तिब्रगतिमा आइरहेको मधेश प्रदेश ०२-००६ प २०५७ नम्बरको RTR 160 Apache निलो रंगको मोटरसाईकल प्रहरी टोलीलाई देख्नासाथ भाग्ने कोसिस गरेको बेला पक्राउ गरिएको हो ।  निजको कालो ब्याग र पहेलो रंगको नाईलनको झोला समेत फाली मोटरसाईकलमा भागि फरार भएको (तत्काल नाम थर वतन नखुलेको ) हुँदा उक्त व्याग र झोला कानुनी रितपुर्वक खोली हेर्दा प्रतिवन्धित लागु औषध NOOPHIN जम्मा १००० एम्पुल र PHENERGAN 2ML लेखिएको ९५० एम्पुल गरी जम्मा १९५० एम्पुल लागु औषध फेला पारी रितपुर्वक बरामद गरी घटनाका सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान शुरु गरिएको छ ।

प्राप्त प्रमाणहरुको आधारमा उक्त घटनामा संलग्न व्यक्तिलाई खोजतलास गर्ने क्रममा वारदात पश्चात् फरार रहेका जिल्ला धनुषा बटेश्वर गा.पा.वडा नं. ४ बस्ने सुबध दासको छोरा बर्ष ३७ को राम प्रसाद दासलाई घुमफिर गरी रहेको अवस्थामा फेला पारी कानुन बमोजिम पक्राउ गरी लागु औषध मुद्दामा सम्मानित सर्लाही जिल्ला अदालतमा पेश हुँदा ।  आदेशले निज प्रतिवादी राम प्रसाद दासलाई पुर्पक्षको लागी कारागार पठाइएको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x