२ श्रावण २०८३, शनिबार

राम मन्दिरका लागि रामलला मूर्ति बनाउने अरुण योगीराजलाई अमेरिकाले दिएन भिसा

एसीपी संवाददाता

३१ श्रावण २०८१, बिहीबार १९:४४ मा प्रकाशित

काठमाडाै‌ं। अमेरिकाले भारतको अयोध्यामा राम मन्दिरका लागि रामलला मूर्ति बनाउने प्रसिद्ध मूर्तिकार अरुण योगीराजलाई भिसा दिन अस्वीकार गरेको छ।

भारतस्थि अमेरिका दूताबासले भिसा नदिनुको ठोस कारण दिएको छैन।

योगीराज १२ औँ  एककेकेए वल्र्र्ड कन्फ्रेन्समा भाग लिन अमेरिका जाने तयारीमा थिए। कन्फ्रेन्स ३० अगस्टबाट १ सेप्टेम्बरसम्म भर्जिनियामा आयोजना हुँदैछ।

तर, अमेरिकाले उनलाई भिसा नदिएपछि जान पाएनन् । योगीराजकी श्रीमति पहिले पनि अमेरिका गइसकेकी थिइन्। तर, योगीराजलाई भिसा नदिएपछि उनको परिवार निरास बनेको छ। योगीराजले पनि अमेरिकाले आफूलाई भिसा नदिएको पुष्टि गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x