२ श्रावण २०८३, शनिबार

परराष्ट्र मन्त्री आरजु देउवा भारत भ्रमणमा जाने

एसीपी संवाददाता

३१ श्रावण २०८१, बिहीबार २०:४८ मा प्रकाशित

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् ।

उनी आउँदो हप्ता भारत जाने तय भए पनि मिति निश्चित नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भारतका विदेश सचिव बिक्रम मिस्रीको निम्तोमा राणा दिल्ली भ्रमणमा जान लागेकी हुन् । ‘भारतका विदेश सचिवले भारत भ्रमणको निम्तो दिएका थिए । आइतबारदेखि मंगलबारसम्म भारतको भ्रमण गर्ने तयारी छ’, परराष्ट्र स्रोतले भन्यो ।

२७ साउनमा नेपाल आएका मिस्रीले परराष्ट्र मन्त्री राणालाई भारत भ्रमणको निम्तो दिएका थिए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेका थिए । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x